गृहपृष्ठ लकडाउन थप कडा बनाउने सरकारको निर्णय, अर्को स्थानीय तहमा जान नपाइने
लकडाउन थप कडा बनाउने सरकारको निर्णय, अर्को स्थानीय तहमा जान नपाइने
कैलाली कञ्चनपुर र बागलुङमा र्यापिड परीक्षण
फाइल तस्बिर ।
सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाएको छ । एकैदिन तीनजनामा कोरोना संक्रमण भेटिएपछि सरकारले लकडाउनलाई थप कडा बनाएकाे हाे ।
शनिवार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समीक्षा गरेको थियाे । बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाइएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सूचना, सञ्चार एवं प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
कैलाली कञ्चनपुर र बागलुङमा नयाँ संक्रमण देखा परेकोले सो क्षेत्रमा सम्भाव्य व्यक्तिको परीक्षण गर्ने र शंकामा लागेकालाई पुन: परीक्षण गर्ने योजना रहेको मन्त्री खतिवडाले बताए । ति क्षेत्रमा र्यापिड परीक्षण गरिने सरकारले निर्णय गरेकाे हाे ।
मन्त्री खतिवडाका अनुसार स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताका साथै स्वास्थ्य उपकरण छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने तथा बाधा पुर्याउनेलाइए कारबाही गर्ने, उपचारमा संलग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने निर्णय पनि बैठकबाट भएकाे जानकारी दिए ।
चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।
प्रकाशित समय २०:५१ बजे

















