गृहपृष्ठ राप्रपाका नेता विश्वेश्वर शर्मा सुवेदीको निधन
राप्रपाका नेता विश्वेश्वर शर्मा सुवेदीको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व मुख्यसचिव तथा सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको निधन भएको छ । ६५ वर्षको उमेरमा अमेरिकामा उनको निधन भएको हो ।
लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त भएका सुवेदीको आज निधन भएको राप्रपा पारिवारिक स्रोतले जनाएको छ ।
तत्कालीन राप्रपा नेपालमा मुख्यसचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए ।
प्रकाशित समय १०:४० बजे

















