गृहपृष्ठ मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
आइतबार देशका पहाडी भू-भागमा अपरान्हपछि आंशिक बदली भई पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा बिहानसम्म मौसम सामान्यतया सफा रहेको छ ।
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ ।
प्रकाशित समय ११:२४ बजे

















