गृहपृष्ठ प्रदेश २ मा वरिष्ठ डाक्टरहरु सम्मिलित सल्लाहकार समूह गठन

प्रदेश २ मा वरिष्ठ डाक्टरहरु सम्मिलित सल्लाहकार समूह गठन

कोरोनाभाइरको सम्भावित संक्रमणविरुद्ध जुध्न प्रदेश २ सरकारले वरिष्ठ डाक्टरहरु सम्मिलित सल्लाहकार समिति गठन गरेको छ । सरकारले वरिष्ठ डा. रामकेवल साहको नेतृत्वमा सल्लाहकार समूह बनाएको मिडिया ब्रिफिङमार्फत जानकारी गराएको हो ।

समूहमा डा. गरिबदास ठाकुर, डा. प्रविण मिश्र, डा. काशिकान्त झा, डा. जयकिशोर लाल, डा. विजय सिंह, डा. सुरेन्द्र यादवलगायतका वरिष्ठ डाक्टरहरु रहेको प्रदेश सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । उपचार प्राविधिक विषय भएकाले आवश्यक सल्लाह सुझावका लागि अनुभवी डाक्टरहरुको टोली गठन गरिएको प्रदेश सरकारले जनाएको छ ।

उनीहरुको लामो अनुभवलाई प्रयोग गर्न र उपचार मापदण्ड व्यवस्थित गर्न समूहबाट सहयोग पुग्ने प्रदेश सचिव डा. घिमिरेले बताए । समूहमा सेवा निवृत्त र सेवारत दुवै खालका डाक्टर छन् ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु