गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत वितरण

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत वितरण

देशव्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले राहत वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनकपुरधाममा राहत सामग्री वितरण गरिएको हो ।

जसअन्तर्गत विपन्न परिवारका १५० जनले चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुनलगायतका सामग्री पाएका छन् । जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, उपाध्यक्ष सुरेन्द्रकुमार भण्डारीलगायतले राहत वितरणमा सहजीकरण गरेको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ शाखामार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ, आस्वा सेवा, डिम्याट खातालगायतका सेवा पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु