गृहपृष्ठ नवनियुक्त गभर्नर अधिकारीद्वारा पदबहाली

नवनियुक्त गभर्नर अधिकारीद्वारा पदबहाली

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मिति २०७६ चैत २५ गते पद बहाली गरेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ चैत २४ गतेको निर्णय अनुसार अधिकारी बैंकको रिक्त गभर्नर पदमा नियुक्त भएका हुन् ।

पदबहालीअघि उनले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंकको गभर्नरले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

गभर्नर अधिकारीको पदबहालीपछि उनको स्वागतमा बैंक परिसरमा एक संक्षिप्त स्वागत कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्पm लैजान आपूm प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरे । साथै, केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता जनाए ।

कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको धारणा गभर्नर अधिकारीले राखे । कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पु¥याउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चुनौतीलाई सम्बोधन गर्नको निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्ने धारणा उनले राखे । नेपाल राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वानसमेत गरे ।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिक प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गर्दै गभर्नर अधिकारीको सफल कार्यकालको निम्ति शुभकामना दिए । त्यस्तै डेपुटी गभर्नर शिबराज श्रेष्ठले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरेको उल्लेख गर्दै शुभकामना दिए ।

कार्यक्रममा प्रवेश नेपाल राष्ट्र बैंक कर्मचारी संघका कार्यबाहकको जिम्मेवारी सम्हालेका थिए । उनी बैंकको उप–निर्देशक, अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था निर्देशक, कार्यकारी निर्देशक हुँदै २०६७ पुसदेखि कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी र नेपाल २०७२ पुससम्म बैंकको डेपुटी गभर्नरको राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर जिम्मेवारीमा रहेका थिए भने गभर्नरमा नियुक्त बल्छौडीले नवनियुक्त गभर्नर अधिकारीलाई सफल हुनुपूर्व उनी लगानी बोर्डको प्रमुख कार्यकारी कार्यकालको निम्ति शुभकामना दिए ।

उनी सन् १९९३ मा अधिकारी नेपाल राष्ट्र बैंकको सत्रौं गभर्नरको रुपमा नियुक्त भएका हुन् । पूर्वी पहाडको खोटाङमा जन्मिएका अधिकारी २०४२ मा राष्ट्र बैंकको सेवा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पूरा गरेका थिए ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु