गृहपृष्ठ ३ वर्षीया बालिका बलात्कृत

३ वर्षीया बालिका बलात्कृत

child rape_arrest news karobar

जनकपुरधाम उपमहानगरपालिका- २१, कुर्थामा ३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा छिमेकी १० वर्षीय नितेश कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

मामा घर आएकी ती बालिकालाई मण्डलले चैत २२ गते बलात्कार गरेको पीडित परिवारको आरोप छ । पीडित पक्षका अनुसार २४ गते बालिकालाई नुहाइदिने क्रममा घटनाको रहस्य खुलेको हो ।

पीडित बालिकाको अहिले कुर्थाकै जिया हस्पिटलमा उपचार भइरहेको छ । पीडित परिवारले चैत २६ गते अस्थायी प्रहरी चौकी कुर्थामा आरोपित मण्डलविरुद्ध उजुरी दर्ता गराएका छन् ।

आरोपित बालकको उमेर १० वर्षभन्दा कम भएकाले उनलाई सम्झाई-बुझाई गर्ने र बालिकाको उपचार खर्च पीडक पक्षबाट व्यहोर्न लगाउने पहल भइरहेको धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए ।

प्रकाशित समय १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु