गृहपृष्ठ तारकेश्वर नगरपालिकामा राहत वितरण सुरु

तारकेश्वर नगरपालिकामा राहत वितरण सुरु

प्रतिनिधिमुलक तस्बिर

काठमाडौँको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण सुरु भएको छ । कोभिड–१९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु गरेको हो ।

हाल समस्यामा परेका विपन्न, गरीब र अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले बताए । बुधबारदेखि सुरु भएको राहत नगरपालिकाका सात हजार ११ परिवारले पाउने छन् । नगरपालिकाभित्र डेरा गरिबसेका र ज्यालामजदूरी गर्नेलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको जनाइएको छ ।

नगरपालिकाले तीनभन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल, एक केजी चिनी र दुई साबुन प्रदान गरेको छ । त्यस्तै तीनभन्दा कम सदस्य भएका परिवारलाई त्यसको आधा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै नाम संकलन गर्दा चार सय एक जना पाइएको छ । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए । (रासस)

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु