गृहपृष्ठ महावाणिज्य दूतहरुको नीलो प्लेट खोसियो

महावाणिज्य दूतहरुको नीलो प्लेट खोसियो

सरकारले अवैतनिक महावाणिज्यदूतहरूको गाडीमा नीलो प्लेट राख्न नपाउने र झन्डा पनि राख्न नपाउने भएका छन् । गैरकानुनी गतिविधिमा लागेको भेटिएपछि परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूको नीलो प्लेट खोसेको हो ।

नेपालमा विभिन्न व्यावसायिक घरानाले सानातिना देशमा महावाणिज्यदूत भनेर सरकारी सुविधा लिँदै आएका छन् । महावाणिज्यदूतहरूका यी लगायतका सबै सुविधा केही समयका लागि खोसिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महावाणिज्यदूतको काम सम्बन्धित देशको व्यापार, व्यवसाय, लगानी प्रवर्द्धन र सहजीकरण गर्नु हो । किर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा परेका थिए ।

प्रकाशित समय ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु