गृहपृष्ठ सरकारको ‘खेलाँची’ शैली : उपत्यकाबाहिर जान दिने निर्णय डेढ घण्टामै रद्द

सरकारको ‘खेलाँची’ शैली : उपत्यकाबाहिर जान दिने निर्णय डेढ घण्टामै रद्द

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरुलाई उपत्यकाबाहिर जान दिने निर्णय सरकारले रद्द गरेकाे छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार डेढ घण्टामै निर्णयबाट पछि हट्न बाध्य भएकाे हाे ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारला मन्त्रालयहरुको बैठकले बिहीबार उपत्यकामा रोकिएकाहरुलाई शुक्रबार र शनिबार बाहिर जान दिने निर्णय गरेको थियो ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको हो । लकडाउन लम्बिँदै गएपछि मानिसहरु हिँडेरै काठमाडौंबाट बाहिरिन थालेका थिए । लकडाउन लम्बिँदै जाँदा दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने निचोडमा पुगेको सरकारले गाउँ फर्कन चाहनेहरुलाई जान दिन लागेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री पोखरेलसहित गृहमन्त्री लगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

प्रकाशित समय १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु