गृहपृष्ठ प्रधानमन्त्रीविरूद्ध फेसबुकमा अफवाह फैलाउने २ जना पक्राउ

प्रधानमन्त्रीविरूद्ध फेसबुकमा अफवाह फैलाउने २ जना पक्राउ

pakrau-arrest-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमा खोटाङ ऐसेलुखर्क गाउँपालिका- १ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका- ५ ठेगाना भएका ४६ वर्षीय राम कुमार रघु श्रेष्ठ रहेका छन् ।

ताराले प्रधानमन्त्री ओलीलगायत विशिष्ट व्यक्तिहरु तथा श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूराे भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

उनीहरु उपर विद्युतीय कारोबार ऐन, २०६३ विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने ‘विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु’ प्रकाशन गरेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ब्यूराेले जनाएको छ ।

प्रकाशित समय २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु