गृहपृष्ठ बन्दुक बोकेर मोटरसाइकलमा सरर
बन्दुक बोकेर मोटरसाइकलमा सरर
सांकेतिक तस्बिर ।
भरूवा बन्दुक बाेकेर माेटरसाइकलमा हिँडिरहेका २ जनालाई मिथिला नगरपालिका- ४ पुष्पलपुर खोलाबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सरोज कुमार महतो र ४४ वर्षीय राजकुमार लामा रहेका छन् । प्रहरीले उनीहरूकाे साथबाट एक थान भरूवा बन्दुक बरामद गरेकाे छ ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ज. १२ प १११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा लोड भएको अवस्थामा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू उपर हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा चलाउन आवश्यक तयारी भइरहकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १३:१२ बजे

















