गृहपृष्ठ फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने पक्राउ

फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने पक्राउ

facebook-image

कोभिड-१९ बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका- १५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो । पक्राउ परेका न्याैपानेउपर आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु