गृहपृष्ठ लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
फाइल तस्बिर ।
सरकारले जारी लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
विश्वभर महामारीको रूप लिएकाे काेराेना भाइरसकाे संक्रमण राेकथामका लागि सरकारले पहिलाेपटक गत चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउनकाे घाेषणा गरेकाे थियाे । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रोपटक समय थप्दै वैशाख ३ गतेसम्मका लागि सरकारले लकडाउन लम्ब्याएको थियो ।
आजकै मन्त्रिपरिषद बैठकले वैशाख १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने निर्णय पनि गरेको छ । हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् । मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित समय १५:११ बजे

















