गृहपृष्ठ गाई काटेको अभियोगमा ६ जना पक्राउ

गाई काटेको अभियोगमा ६ जना पक्राउ

arrest_pakrau_news karobar

हेटौंडा उपमहानगरपालिका- १३, सिमपानीबाट गाई काटेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरज लामा, ५६ वर्षीय दिलबहादुर थिङ, ५३ वर्षीय सुब्बा सिं वाईवा, २० वर्षीय हरि स्याङतान, ६३ वर्षीय बिर बहादुर थिङ र ५६ वर्षीय चन्द्र बहादुर घिसिङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु