गृहपृष्ठ एसएसपी लामाले खुवाए १५० जनालाई खाना
एसएसपी लामाले खुवाए १५० जनालाई खाना
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले लकडाउनका कारण अलपत्र परेका १५० जनालाई खाना खुवाउन आर्थिक सहयोग गरेका छन् । लकडाउनका कारण घर जान नसक्दा बेखर्ची भएकाहरूलाई खाना खुवाउन एसएसपी लामाले मंगलबार १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोग रकम मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले बुझेका थिए । एकपटक खाना खुवाउन करिब १० हजार रकम लाग्ने आश्रमले जनाएको छ । एसएसपी लामाले विगतमा पनि पटक पटक असहाय भएकाहरू र विपतमा परेकाहरूलाई सहयोग गर्दै आएका छन् ।
आश्रमले कौशलटारदेखि भक्तपुर दरबार क्षेत्रसम्म पुगेर डेढ सय जनालाई बिहान र बेलुका खाना खुवाउँदै आएको छ । नेपाल स्वयंसेवक संघका अध्यक्ष सन्तोष निरौला (तारा)को संयोजनमा आश्रमले चैत २५ देखि लकडाउनका कारण बिजोगमा परेकाहरूलाई खाना खुवाउन थालेको हो ।
प्रकाशित समय २०:४८ बजे

















