गृहपृष्ठ जनकपुरमा पैसा फालेर भाग्ने दुवै महिलाको र्‍यापिड टेष्ट ‘पोजेटिभ’

जनकपुरमा पैसा फालेर भाग्ने दुवै महिलाको र्‍यापिड टेष्ट ‘पोजेटिभ’

सीसीटीभी फुटेजमा खातुनद्वय ।

जनकपुरधाममा नोट छरेर भाग्ने दुई महिलाको कोरोना परीक्षण गर्दा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी)मा पोजेटिभ देखिएको छ । उनीहरूको पीसीआर रिपोर्ट भने आउन बाँकी छ ।

प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरूले शुक्रबार जनकपुरधाम उपमहानगरपालिका- ६ स्थित महावीर चोकस्थित सडकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो ।

पैसा छरेर फरार धनौजी गाउँपालिका – ५ की ५० वर्षीय अमना खातुन र जनकपुरधाम उपमहानगरपालिका वडा- ७ की अलिना खातुन नाताले नन्द-भाउजू नाता हुन् । जानकीनगरस्थित मदरसा छेउबाट पक्राउ दुवैजनासँग सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित समय १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु