गृहपृष्ठ लकडाउनमा सर्पको उद्धार गर्दै गिरी दाजुभाइ

लकडाउनमा सर्पको उद्धार गर्दै गिरी दाजुभाइ

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व यतिबेला आक्रान्त भइरहेको छ । कोरोना भाइरसका भयावह भइसकेपछि नेपालले पनि लकडाउन जारी गरिहेको छ । चैत्र ११ गते देखि लकडाउनको शुरुवाट भएको थियो ।

आइतबार लकडाउनको २७ औं दिन हो । अहिले जाडोयाम सकिएर गर्मीयामको शुरुवात हुन थालेको छ । मानिसहरु गर्मी छल्लनको लागि पौडी खेल्नको लागि लकडाउन भए पनि खोलामा जान छाडेका छैनन् । गर्मीयामा शुरु भएसँगै आम पोखराबासीको एउटै समस्या देखा पर्छ त्यो हो, सर्पको डर ।

सर्प भन्ने बितिकै हामीमा डर पैदा हुन्छ जसको फलस्वरुप हामी सर्प नै मार्ने कार्य गर्दछौं । तर, सर्प विनास गर्दैमा त्यस समस्याबाट हामी मुक्ति भने अवश्य पनि हुदैनौं । गर्मीसँगै यतिबेला पोखराबासीका घर, आगन, बाटोलगायतमा सर्प देखिन थालेका छन् ।

पोखरेलीबासीहरु घर आँगनामा नै सर्प देखिने थालेपछि सर्पप्रेमी पोखरेली एक युवक रोहित गिरीको सहयोगमा उद्धार कार्यमा जुटिरहेका छन् । सर्प उद्धारमा पोखरा १७ छोरेपाटन निवासी २२ वर्षीय युवा रोहीत गिरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका सूचना अधिकारी एवं संरक्षण अधिकृत ऋषि बराल र पोखरा १७ छोरेपाटनका २० वर्षीय रोशन गिरी उद्धारमा खटिएका हुन् ।

रोहीत र रोशन गिरी दाजु भाइ हुन् । लकडाउनको समयमा पनि उनीहरु घरघरमा पुगि सर्प उद्धार कार्य गरिरहेका छन् । सर्प उद्धार गर्न जाँदा बाटोमा प्रहरीको चेकजाँच हुने हुँदा उनीहरुले पास प्रयोगि गरि हिडिरहेका छन् । पोखरेलीहरु घरमा सर्प पसे पछि घरमा बस्न नै डर भएको अवस्थामा यी युवाहरुलाई फोन गर्ने गर्दछन् । उनीहरुको फोन आउँनसाथ सर्प उद्धारको लागि पोखराको जुनकुनै स्थानमा जस्तो समस्या भएपनि जाने गर्दछन् ।

सर्पका कारण घरमा बस्न नसक्ने अवस्था आयो भन्दै फोन आउन थालेका पछि दुई दाजुभाईले जिल्ला प्रशासन कार्यलय कास्कीमा सर्प उद्धारको लागि पास बनाइए उद्धारमा खटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षण अधिकृत समेत रहेका वन्यजन्तु संरक्षण कर्मी ऋषि बरालले बताउँछन् ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको हस्ताक्षर रहेको पासमा प्रयोजन सर्प व्यवस्थापन उल्लेख छ । सर्प समाउन बाहेक अन्य कार्यको लागि त्यो पास प्रयोग गर्न नपाइने जनाइएको छ । १२ वर्षको उमेरदेखि सर्प समाउने र सुरक्षित स्थानमा छाड्दै आएको रोहीत एक्लैले अहिले सम्म ५ सय बढी सर्प उद्धार गरिसकेका छन् ।

लामो समयदेखि वन्यजन्तु संरक्षणमा क्रियाशिल बरालले २० वटा सर्प उद्धार गरेका छन् । रोशन पनि सानै उमेरदेखि सर्प उद्धारमा लागेका छन् । शुक्रबारसम्म सिंगारे सर्प ४, धामन सर्प ४, बिराले सर्प १ र गोमन सर्प १, चिचिन्डे सर्प गरि ६ प्रजातिका २० वटा सर्प उद्धार गरेको गिरीले बताए । उनले भने, ‘लामो समयदेखि सर्प उद्धारमा लागिरहेको छु, सर्पको उद्धार गर्न पाउँदा खुसी लाग्छ ।’

सर्प मध्येको विशालु सर्पको रुपमा चिनिने गोमन सर्प हो । गोमन सर्प पनि पोखरा विभिन्न स्थान भद्रकाली, चितेपानी, छोरेपाटन लगायतका स्थानवाट उद्धार गरेका छन् । उनले उद्धार गरेको सर्पहरुलाई खुल्ला वा सर्पको लागि उपयुक्त स्थानमा लगेर छाड्ने गर्छत त कोही आफैले सुरक्षित राखेका छन् । उनले अहिलेसम्म गोमन सर्प सहित ६ प्रजातीका २० सर्पको उद्धार गरिसकेका छन् ।

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु