गृहपृष्ठ कोरोनाले अमेरिकामा १० नेपालीले ज्यान लियो
कोरोनाले अमेरिकामा १० नेपालीले ज्यान लियो
अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको संख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मर्स्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सख्या १० पुगेको हो ।
यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे।
मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।
यसैबीच भण्डारीले नेपालीलगायत सबैको निधन दुःखद् भन्दै दिवंगत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको जानकारी दिए । कोरोना भाइरसका कारणले विभिन्न मितिमा निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा रहेका छन् ।
एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विश्वव्यापी रूपमा भए जस्तै संक्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई संक्रमणबाट मुक्त गराउन सफल भएको आँकडा रहेको बताउँछन् । यसअघि अमेरिकामा करिब ५०० नेपाली संक्रमित भएको तथ्यांक सार्वजनिक भएको थियो ।
प्रकाशित समय १३:०८ बजे

















