गृहपृष्ठ दाताहरूको सहयोगमा कीर्तिपुरका एक हजार विद्यार्थीलाई राहत

दाताहरूको सहयोगमा कीर्तिपुरका एक हजार विद्यार्थीलाई राहत

विश्वभर कोरोनाको कहर फैलिएको बेलामा नेपालमा पनि गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गर्‍यो । लकडाउनपछि दैनिक ज्यालादारी गर्ने तथा बाहिरबाट आएका विद्यार्थीलाई दैनिक गुजारा गर्न सकस पर्न थाल्यो ।

कतिपय मजदुरहरु राजधानीलगायतका बिभिन्न सहरहरुमा खान नपाएपछि रातदिन हिँडेर घरतिर लागेका छन् भने देशभरका त्रिभुवन विश्वविद्यालयलगायतका विभिन्न क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई कीर्तिपुरमा बस्ने विद्यार्थीलाई दैनिक छाक टार्न असहज भएपछि विद्यार्थी अभियान्ता हेमराज थापाको टोलीले एक हजार विद्यार्थीलाई राहत वितरण गरेको छ ।

शुक्रबार विभिन्न दाताहरूको सहयोगमा कीर्तिपुरमा बस्ने ९६० जना विद्यार्थी र ४० जना विद्यार्थी स्वंयसेवकलाई राहत सामाग्री वितरण गरेको विद्यार्थी अभियान्ता थापाले बताए ।

उनका अनुसार बाँकी उठेको राहत र उठ्दै गरेको राहत केही दिनमा नपाएका विद्यार्थीलाई वितरण गरिने छ । ‘करिब डेढ सय विद्यार्थीहरुले राहत नपाएको गुनासो गरिरहनु भएको छ, बाँकी उठ्दै गरेको राहत सामाग्री राहत नपाएकालाई सहयोग गर्ने योजना बनाएका छौं ।’ उनले भने ।

थापाको अभियानमा विद्यार्थीको लागि राहत भनेर अशोककुमार खड्काले पाँच हजार केजी चामल र सय केजी दाल सहयोग गरेका छन् । त्यस्तै श्री गुरुङले ६ सय केजी चामल, १५० केजी दाल र २ सय लिटर तेल सहयोग गरेको उनले बताए ।

एसपी सापकोटाले २ सय लिटर तेल, नवराज रिजाल ५० लिटर तेल, कालिमाटी तरकारी बजारका विकाश श्रेष्ठले १० बोरा आलु र ५ बोरा प्याज सहयोग गरेको उनले बताए ।

चम्पा थापाबाट १५ बोरा चामल, एलिसा राईबाट ७५ लिटर तेल, सोनाम डोल्मा शेर्पाबाट १५० केजी नुन र ३० लिटर तेल, सियान भेगन शाकाहारी पार्टीबाट १० बोरा चामल, गुरुप्रसाद तिमिल्सिनाबाट ५ बोरा दाल, रामकाजी खड्काबाट २० हजार र इन्जिनियर लोकेन्द्र कार्कीले ७ हजार नगद सहयोग गरेको थापाले जानकारी दिए ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु