गृहपृष्ठ नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै
नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै
फाइल तस्बिर ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा स्रोतले जनाएको छ ।
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुर्याए पार्टी फुटाउन मिल्ने प्रावधान राखेर अध्यादेश ल्याउने निर्णय गरेको थियो । हालको कानुनमा राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या अनिवार्य पुर्याउनुपर्ने प्रावधान छ ।
प्रकाशित समय १७:२२ बजे

















