गृहपृष्ठ सरकारले सिफारिस गरेको दुवै अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण

सरकारले सिफारिस गरेको दुवै अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्वारा सिफारिस गरिएका दुईवटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय सिफारिस गरेका अध्यादेशहरू केही घण्टामै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु