गृहपृष्ठ मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु
सांकेतिक तस्बिर
भक्तपुर । मध्यपुरठिमी नगरपालिका ३ कौशलटारमा बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर एक जनाको ज्यान गएको छ ।
बिहीबार साँझ दुर्घटनामा परेका चालक सोही नगरपालिका ५ भुलाङखेल बस्ने २८ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १३:५२ बजे

















