गृहपृष्ठ हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ
हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ
हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका–२ बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई कुमाख गाउँपालिका–४ भेरी नदीको किनारामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुक सहित पक्राउ
तनहुँको घिरिङ गाउँपालिका ५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १३:५८ बजे

















