गृहपृष्ठ लकडाउनको अवधि सार्वजनिक बिदा
लकडाउनको अवधि सार्वजनिक बिदा
लकडाउनको सुरूआती दिनमा
काठमाडाैंका सुनसान सडक ।
सरकारले लकडाउन अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ ।
सूचनामा भनिएको छ, ‘मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेशबमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।’
गत वैशाख २ गते सरकारले यस्तो निर्णय गरेको थियो । सोमबार राजपत्रमा प्रकाशित भएपछि यो लागू भएको छ ।
प्रकाशित समय २०:५६ बजे

















