गृहपृष्ठ अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, भारतमा ३० हजारनजिक
अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, भारतमा ३० हजारनजिक
अमेरिकामा नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या १० लाख नाघेको छ । मंगलबार बिहानसम्ममा अमेरिकामा १० लाख १० हजारमा संक्रमण भएको हो ।
विगतका दिनको तुलनमा अमेरिकालगायत विश्वभर २४ घण्टाको अवधिमा संक्रमित हुनेको संख्या भने घटेको हो । विगतमा एकै दिनमा ९० हजारभन्दा बढी मानिस संक्रमित भएकोमा हिजो ६८ हजारमा झरेको छ ।
विश्वभर २४ घण्टामा चार हजार ५०० भन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामै सबैभन्दा बढी १ हजार ३८३ जनाको ज्यान गएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख ६४ हजारभन्दा बढी पुगेको छ भने मंगलबार बिहानसम्ममा २ लाख ११ हजार ५३३ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ९ लाख २२ हजार २४१ जना उपचारपछि घर फर्किएका छन् ।
भारतमा भने संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । बितेका २४ घण्टामै भारतमा १५ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाले ज्यान गुमाएका छन् । भारतमा कुल संक्रमितको संख्या २९ हजार ४५१ पुगेको छ भने मृतक संख्या ९३९ जनाले थपिएको वर्ल्डोमिटरले जनाएको छ ।
नेपालमा संक्रमित संख्या ५२ छ तीमध्ये १६ जना सफल उपचारपछि घर फर्किएका छन् । अन्य ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको छ । उनीहरूको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
प्रकाशित समय ०७:०८ बजे

















