गृहपृष्ठ बलात्कार अभियोगमा १४ वर्षीय किशोर पक्राउ

बलात्कार अभियोगमा १४ वर्षीय किशोर पक्राउ

child rape_arrest news karobar

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा कानेपोखरी गाउँपालिका- ३ का एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर रामप्रसादराई गाउँपालिका- ६ घर भएका १४ वर्षीय आस्विन घिमिरेलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेले ती किशोरीलाई स्थानीय मकैबारीमा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपित किशोरलाई प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु