गृहपृष्ठ रोल्पामा बम बिस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पामा बम बिस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार जना बालबालिकाको ज्यान गएको छ । बेबारिसे बम खेलाउँदा खेलाउँदै पड्किएर बालबालिकाको मृत्यु भएको प्रहरीको अनुमान छ ।

बम पड्किएर बालबालिकाको मृत्यु भएको सूचना आएपछि रोल्पाको होलेरी र जुँगारबाट घटनास्थलमा प्रहरी टोली पठाइएको छ । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बेला बालबालिका बम बिस्फोटमा परेको जानकारी दिए ।

उनका अनुसार त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय नोखिराम डाँगी, १३ वर्षका गौरव नेपाली, ११ वर्षकी विमला खत्री र ५ वर्षका विजय खत्रीको मृत्यु भएको हो ।

प्रकाशित समय २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु