गृहपृष्ठ संसद्को बैठकलाई कोरोना संक्रमणमुक्त बनाउन छलफल
संसद्को बैठकलाई कोरोना संक्रमणमुक्त बनाउन छलफल
सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को बैठकलाई कोरोना संक्रमणबाट सुरक्षित बनाउने उपायका बारेमा आज जानकारहरुसँग छलफल गरेका छन् ।
सभामुखको कार्यकक्षमा आज इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे र सिभिल अस्पताल काठमाडौँका निर्देशक डा दीर्घराज आरसीसँग छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।
संघीय संसद्अन्तर्गतका सभाहलमा माननीय सदस्यका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको सामाजिक दूरी कायम हुने गरी बसाइ व्यवस्थानको काम भइरहेको छ । संघीय संसद्को छैठौँ बैठक यही वैशाख २६ गते अपरान्ह् ४ बजेका लागि आह्वान भएको छ ।
प्रकाशित समय २०:१२ बजे

















