गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या अढाइ लाख नाघ्यो, २२ लाख उपचाररत

कोरोनाबाट ज्यान गुमाउनेको संख्या अढाइ लाख नाघ्यो, २२ लाख उपचाररत

नोवेल कोरोनाभाइरसका कारण लाग्ने कोभिड १९ बाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६६ पुगेको छ । कोभिड १९ बाट ३६ लाख ४४ हजारभन्दा बढी संक्रमित भए पनि करिब १२ लाख उपचारपछि घर फर्किएका छन् ।

उपचाररत २१ लाख ९७ हजारमध्ये करिब ५० हजारको अवस्था गम्भीर छ । कोभिड १९ बाट अमेरिकामा सर्वाधिक १२ लाख १२ हजार संक्रमित भएका छन् । यो कुल संक्रमितको एक तिहाइ हो । त्यस्तै अमेरिकामा मात्रै करिब ७० हजार मानिसको मृत्यु भइसकेको छ । मंगलबार बिहानसम्ममा अमेरिकमा ६९ हजार ९२१ जनाको मृत्यु भएको हो ।

त्यस्तै, भारतमा संक्रमितको संख्या ४६ हजार ४३७ पुगेको छ । संक्रमितमध्ये १ हजार ५६६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु