गृहपृष्ठ राजधानीमा मेघ गर्जनसहित असिनापानी

राजधानीमा मेघ गर्जनसहित असिनापानी

राजधानीमा मेघ गर्जनसहित असिनापानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भागमा चट्याङसहित भारी वर्षा भएको हो ।

देशको पश्चिमी भू-भागका केही स्थान मध्य/पूर्वी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि मध्य/पूर्वी भू-भागका केही स्थान र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ ।

महाशाखाले जनाएअनुसार शुक्रबार र शनिबार पनि देशका केही स्थानमा चट्याङ र हावाहुरीसहित असिनापानी पर्नेछ ।

प्रकाशित समय १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु