गृहपृष्ठ नेपाललाई स्विस सरकारद्वारा ३० हजार पिसिआर टेस्ट किट सहयोग

नेपाललाई स्विस सरकारद्वारा ३० हजार पिसिआर टेस्ट किट सहयोग

नेपाललाई स्विस सरकारले रोस डायग्नोस्टिकको कोभिड १९ परीक्षण गर्ने ३० हजार थान टिबमोलविल पिसिआर टेस्ट किट सहयोग गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बिहीबार साँझ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापलरले किट हस्तान्तरण गरेका हुन् ।

स्विस सरकार विकास सहयोग (एसडिसी) मार्फत चार हजार पिपिई सेट, एक हजार इनफारेड थर्मोमिटर र आठ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण गरेको थियो ।

प्रकाशित समय २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु