गृहपृष्ठ नयाँ दिल्लीमा कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति
नयाँ दिल्लीमा कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति
भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका बेला मृत्यु भएमा प्रहरीको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानीसमेत रहेको प्रदेश सरकारले कोरोनाविरुद्धको लडार्इंका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको हो ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोनाविरुद्धको लडाईंमा सक्रिय भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कामको सिलसिलामा उहाँलाई कोरोनाभाइरसको संक्रमण भयो र दुर्भाग्यबस उहाँले हामीलाई छाडेर जानुभयो । उहाँको योगदानलाई म सलाम गर्दछु र आत्माको चिरशान्तिको कामना गर्दछु ।’
मुख्यमन्त्री केजरीवालले उनको योगदान र लगावको उच्च मूल्यांकन गर्दै परिवारलाई एक करोड क्षतिपूर्ति प्रदान गर्ने कुरा पनि ट्विटरमै लेखेका छन् । (रासस)
प्रकाशित समय २०:५१ बजे

















