गृहपृष्ठ कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्बिर ।
काठमाडौंमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौंको सोल्टी मोडमा बा.२१ च ४३४७ नम्बरको कार र बा.७२ प ८१७२ नम्बरको मोटरसाइकल शुक्रवार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ वेलबारी कानेपोखरी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गेलालको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १६:०२ बजे

















