गृहपृष्ठ संघीय संसदको बजेट अधिवेशन सुरु (लाइभ)

संघीय संसदको बजेट अधिवेशन सुरु (लाइभ)

संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु भएको छ । शुक्रबार दिउँसो ४ बजेबाट प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सुरु भएको हो ।

विश्वभर कोरोनाको कहरका बीचमा आज आवश्यक सावधानी अपनाएर संसद बैठक बसेको सुरु भएको हो । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रि–बजेट छलफल गर्नका लागि संघीय संसदको अधिवेशन बोलाइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढे लगत्तै अधिवेशन प्रारम्भ भएको हो ।

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु