गृहपृष्ठ लिपुलेक सडकको विरोधमा उत्रिएका पूर्वएआइजी र पूर्वजर्नेल पनि समातिए
लिपुलेक सडकको विरोधमा उत्रिएका पूर्वएआइजी र पूर्वजर्नेल पनि समातिए
नेपाली भूमि अतिक्रमण गर्दै भारतले लिपुलेक-मानसरोवर सडक बनाएपछि त्यसको विरोधमा उत्रिएका सुरक्षा निकायका दुई पूर्व उच्च अधिकृतहरू पक्राउ परेका छन् ।
प्रहरीले सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यातलाई महाराजगञ्जबाट शनिबार दिउँसो नियन्त्रणमा लिएको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।
मेट्रो प्रहरीका प्रमुख डीआइजी विश्वराज पोखरेलले भने उनीहरु दुई जनालाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको बताए ।
लिपुलेकमा भारतीय कदमको विरोधमा लकडाउनका बाबजुद विद्यार्थी संगठन तथा नागरिक समाजले सडकमै उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित समय १९:४३ बजे

















