गृहपृष्ठ नेपाली भूमि अतिक्रमण गर्दै भारतले निर्माण गरेको विवादित सडक (तस्बिरहरू)
नेपाली भूमि अतिक्रमण गर्दै भारतले निर्माण गरेको विवादित सडक (तस्बिरहरू)
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने सीमावर्ती नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा भारतीय पक्षले पटक-पटक अतिक्रमण गर्दैआएको छ । केही समयअघि विवादित क्षेत्र समेटेर भारतले राजनैतिक नक्सासमेत जारी गरेको छ ।
सोही विवादित क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दै भारतले कालापानी, लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकसमेत निर्माण गरेको छ । सडकको शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाटै भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका छन् । त्यसलगत्तै नेपालमा चर्को विरोध सुरू भएको छ ।
पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी, लिपुलेक हुँदै मानसरोवर जोड्ने सो सडकको लम्बाइ ७८ किलोमिटर रहेको छ । भारतले एकलौटी ढंगले सडक निर्माण गरेको भन्दै नेपाल सरकार र विभिन्न राजनीतिक दल लगायतले विरोध गरिरहेका छन् ।



तस्बिरहरू: रासस।
प्रकाशित समय १८:३३ बजे

















