गृहपृष्ठ नेपालमा थप १० जनामा देखियो कोरोना, संक्रमितको संख्या १२० पुग्यो

नेपालमा थप १० जनामा देखियो कोरोना, संक्रमितको संख्या १२० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । सोमबार थप १० जनामा कोरोना संक्रमण भएको प्ष्टि भएपछि संक्रमितको संख्या १२० पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणअनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पूरुषहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो ।

नयाँ संक्रमितमध्ये एक जनाको उमेर खुलेको छैन । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित भएका १० जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

 

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु