गृहपृष्ठ अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्दै

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्दै

american_flag

कोरोना भाइरसको हब जस्तै बनेको अमेरिकामा पछिल्लो समय ज्यान गुमाउनेको संख्या घट्दै गएको छ ।

केही दिन अगाडि प्रत्येक दिन तीन हजारको हाराहारीमा ज्यान गुमाउदै आएको अमेरिकामा केही दिन यता भने दैनिक ७/८ सय जनको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १३ लाख नाघेको छ । गएको घण्टामा मात्रै अमेरिकामा २० हजार ३२९ जना थप कोरोना संक्रमित फेला परेका हुन् भने एकै दिनमा ७५० जनाको ज्यान गएको तथ्यांकले देखाएको छ ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु