गृहपृष्ठ बन्दुक र मृगको मासुसहित ४ जना पक्राउ

बन्दुक र मृगको मासुसहित ४ जना पक्राउ

arrest_पक्राउ_news karobar

पोखरा महानगरपालिका- ३१, बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजीसहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका- ३१, बिनेरीकुना बस्ने ५४ वर्षीय आईते पोडे, ३८ वर्षीय राज कुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम रहेका छन् ।

आईतेको घरमा मृग मारेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उनीहरुलाई मृगको मासु भाग लगाईरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै आईतेको घरबाट लुकाईछिपाई राखेको उक्त हातहतियारसमेत प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु