गृहपृष्ठ सीमा अतिक्रमणको विरुद्धमा हस्ताक्षर संकलन

सीमा अतिक्रमणको विरुद्धमा हस्ताक्षर संकलन

flight

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर संकलन गर्न लागेको हुन् । हस्ताक्षर अभियान आजदेखि सुरु भएको छ ।

विश्वभरबाट संकलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बझाइने संघले जनाएको छ । यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ । संकलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने संघको सूचना–सञ्चार तथा प्रशाशन समितिले जनाएको छ ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु