गृहपृष्ठ वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिने

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिने

सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक  रोजगारमा रहेका नेपाली श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बताएकी हुन् ।

सरकारले पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिकलाई समावेश गर्ने गरी सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणको कार्यक्रममा सफलता पाउँदै गएपछि सरकारले असंगठित र वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा मजदुरलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीति लिएको हो ।

कार्यकारी निर्देशक कपिल ज्ञवाली संगठित र असंगठित क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका गरी करिब ३० लाख कर्मचारी तथा मजदुर कोषमा आबद्ध हुनसक्ने अनुमान गरिएको बताउँछन् । हालसम्म कोषमा १२ हजार ३३५ रोजगारदाता तथा १ लाख ५८ हजार ५० जना योगदानकर्ता आबद्ध भएका छन् ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु