गृहपृष्ठ नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ

काठमाडौं आउने क्रममा नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरीका उत्तम कार्की पक्राउ परेका छन् ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार भन्दै उनलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको बताइएको छ । उनीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही हुने बताइएको छ ।

उत्तम कार्कीको टोलीले प्रहरीकै अगाडि डा.कार्कीको खानतलासी गरेर फेसबुक लाइभ गरेको भन्दै विरोध भएको थियो ।

प्रकाशित समय १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु