गृहपृष्ठ कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन
कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन
धनुषामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले गत बिहीबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र कोरोना संक्रमण भेटिएका पत्रकार र पसल व्यवसायीको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको बताए ।
विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका अवस्थामा अग्रपंक्तिमा रही काम गर्ने क्रममा पत्रकारमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ३० जनाको स्वाब परीक्षण गरिएको जनाइएको छ । पत्रकार महासंघ धनुषाको आयोजना तथा नेपाली सेना महेन्द्रनगर रणभीम गणको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले कन्ट्रयाक्ट ट्रेसिङबाट आएकाहरुको स्वाब परीक्षण गरेको हो ।
संक्रमितको सम्पर्कमा आएका र घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकार महासंघको सम्पर्कमा आएकाको थ्रोट र नोजल स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए । महासंघले कोरोना महामारीका समयमा संक्रमणको जोखिम उठाएर जनतालाई सुसूचित गराउन जुटेका बेला पत्रकारमा संक्रमण देखिएपछि दोहो¥याएर परीक्षण गराउनुपरेको जनस्वास्थ्य वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।
प्रकाशित समय १४:२५ बजे

















