गृहपृष्ठ खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद

खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद

सांकेतिक तस्बिर

धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से १ ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा एक लाख १५ हजार ९२५ बराबरको १२६ पेटी रोज नामक मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

धनगढीबाट अत्तरियातर्फ गइरहेको अवस्थामा ट्रकलाई रोकी जाँच गर्दा मदिरा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको बताइएको छ । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइ गाडी र मदिरा धनी धनगढी–१३ का दिनेश पन्तलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । बरामद मदिरा आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजस्व कार्यालयमा बुझाइने जनाइएको छ ।

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु