गृहपृष्ठ फार्मेसी सञ्चालकको हत्या अभियोगमा उनकै श्रीमतीसहित ३ जना पक्राउ

फार्मेसी सञ्चालकको हत्या अभियोगमा उनकै श्रीमतीसहित ३ जना पक्राउ

arrest_पक्राउ_news karobar

विराटनगर महानगरपालिका- १०, मधुमारा चोक बस्ने ईटहरी उपमहानगरपालिका- १२, सुनसरी घर भएका देवी पाथीभरा फार्मेसीका सञ्चालक ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका- १०, पडहरिया टोल घर भई हाल मोरङ विराटनगर महानगरपालिका- ४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने २१ वर्षीय ब्रहमदेव साह, सुनसरी इटहरी उपमहानगरपालिका- १२ बस्ने २० वर्षीय सोनु साह र मृतककी श्रीमती मिना श्रेष्ठ दुलाल रहेका छन् ।

आइतबार बिहान वेहोस भएको भन्दै उपचारको लागि विराटनगर गोल्डेन अस्पताल पुर्‍याउँदा दुलाललाई मृत घोषित गरेका थिए । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा प्रहरी टोली खटिएकाे थियाे । अनुसन्धानको क्रममा पक्राउ परेका ३ जनाले दुलाललाई कर्तव्य गरी मारेको खुल्न आएकाे थियाे ।

दुलाल दम्पत्तीबीच मनमुटाव झै-झगडा हुँदै आएको सन्दर्भमा मीना श्रेष्ठ र ब्रम्हदेव साहको योजनामा शनिबार राति दुलाललाई सुतेको अवस्थामा डोरीले घाँटीमा बाँधी मारेको अनुसन्धानको क्रममा खुलेकाे प्रहरीले बताएकाे छ । मृतककी श्रीमती मिनाले छिमेकीलाई आफ्नो श्रीमान अचेत अवस्थामा रहेको भनी सम्पर्क गरी बोलाएर उपचारको लागि अस्पताल लगेका थिए ।

घटनामा प्रयोग भएका मोबाइल ४ थान, सिमकार्ड ८ थान, पाउडरको बट्टा १ थान, कपडाको ब्याण्डेज १ थान, नाइलनको डोरी २ थान, सर्जिकल पन्जा ८ जोर, रगत लागेको बेडकभर १ थान, सिरानीको खोल १ थान, ब्ल्याङकेटको टुक्रा १ थान र चुडिएको सिक्री १ थान प्रहरीले बरामद गरेको छ । पक्राउ प्रतिवादीहरु उपर कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु