गृहपृष्ठ कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

pakrau-arrest-newskarobar

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रामप्रसाद राई गाउँपालिका- ७ बासिखोराका ६५ वर्षीय डिल्लीकुमार राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भोजपुरको २०४० असार २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले कैद सजाय भएको ३७ वर्षपछि पक्राउ गरेको हो ।

राईलाई जिल्ला अदालत भोजपुर पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय भोजपुर पठाइएको छ ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु