गृहपृष्ठ नेपाल कोरोना संक्रमित ३७५, कुन जिल्लामा कति ?
नेपाल कोरोना संक्रमित ३७५, कुन जिल्लामा कति ?
नेपालमा सोमबार रातिसम्ममा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या ३७५ पुगेको छ । आइतबारसम्म कुल संक्रमित संख्या २९५ रहेकोमा सोमबारमात्र ८० जना थपिएका हुन् । सोमबार बाँकेमा मात्रै ४७ जना कोरोना संक्रमित थपिए । हालसम्म कोरोना संक्रमणबाट नेपालमा दुई जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ३४ जिल्लाका बासिन्दामा कोरोना संक्रमण देखिएका छ । सबैभन्दा बढी बाँकेमा ९३ तथा पर्सामा ९१ जना कोरोनाका बिरामी फेलापरेका छन् । खोटाङ, दैलेख र सुनसरीमा सोमबार मात्र नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो बिरामी भेटिएका हुन् ।
नेपालमा जिल्लागत संक्रमणको अवस्था
प्रकाशित समय १०:१५ बजे


















