गृहपृष्ठ नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा सार्वजनिक
नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा सार्वजनिक
सरकारले नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज दिउँसो साढे २ बजे नेपालको पूर्ण नक्सा सार्वजनिक गरेकी हुन् ।
मन्त्री अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते जारी गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार एक साताभित्र पूर्ण नक्सा सार्वजनिक गरिएको जानकारी गराइन् । ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको शिर निहुर्याउने कुनै काम गरेको छैन,’ उनले भनिन् ।
सरकारले आज नयाँ नक्सा सार्वजनिक गरेको र अब भूमि फिर्ता लिन पहल गर्ने उनले स्पष्ट पारिन् ।
प्रकाशित समय १४:४८ बजे

















