गृहपृष्ठ सैनिक अधिकृतको शव लिन ट्युनिसिया उड्यो श्री एयरलाइन्स

सैनिक अधिकृतको शव लिन ट्युनिसिया उड्यो श्री एयरलाइन्स

फाइल तस्बिर ।

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सीआरजे-बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ ।

नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्सको जहाज बिहीबार त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ ।

एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घण्टाको हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान उडेको सो जहाज ओमानको मस्कट, इजिप्टको कायरो हुँदै साँझ ट्युनिसियाको राजधानी ट्युनिसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । भोलिपल्ट शुक्रबार उताबाट फर्कंदा मस्कट, कायरो र दुबई हुँदै काठमाडौँ अवतरण गर्नेे छ ।

श्रीले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै कम्पनीको जहाजले गत वैशाख १२ गते सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु